सल्यानको कपुरकोट गाउँपालिकाले किसानलाई खेत जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।
गाउँपालिकाभित्र व्यवसायिक रूपमा खेति गर्दै आएका किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिएको हो।
कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्न किसानलाई मिनी टिलर वितरण गरिएको गाउँपालिकाका आर्थिक विकास संयोजक यमकुमार बस्नेतले बताए।
किसानले ३७ हजार ५ सय रुपैंया तिरेका थिए भने थप ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान स्वरुप प्रदान गरेको थियो।
गाउँपालिका कृषि विकास ईकाइ प्रमुख टीकाकुमारी राईले किसानको प्रोत्साहान स्वरुप मिनि टिलर खरिदमा अनुदान प्रदान गरिएको जानकारी दिइन्।
आइतबार ६ जना किसानलाई मिनी टिलर वितरण गर्दै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नयाँ प्रविधिमार्फत कृषिमा श्रम र लागत घटाई उत्पादन बढाउन मिनी टिलर सहयोगी बन्ने बताएकी थिइन्।