भुम्लु गाउँपालिकाले वडा नम्बर ९ का किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ।
उक्त गाउँपालिकामा रहेको इन्द्रावति दुग्ध उत्पादन तथा कृषि सहकारी संस्थामार्फत् ट्याक्टर वितरण गरिएको हो।
प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना अन्तगर्त पालिकाले मकै पकेट क्षेत्रको रुपमा अगाडि बढाउन यस्तो सहयोग गरेको हो।
५० प्रतिशत अनुदानमा ४४ जना किसानलाई ट्याक्टर वितरण गरिएको थियो।
चालू आर्थिक वर्षमा मात्रै वडामा करिब ७० जना किसानलाई ट्याक्टर बाँडिएको वडाअध्यक्ष दलबहादुर तामाङले बताए।
अगामी आर्थिक वर्षमा किसानको मागअनुसार थप गरिने उनको भनाई छ। उनकाअनुसार प्रति ट्याक्टर मूल्य ५० हजार हो।