भारतले नेपाललाई पाम आयल निर्यात गर्न अनुमति दिएको छ। डेढ वर्षदेखि रोक लगाएको पाम आयलको आयात खोलिदिन नेपाल सरकारले भारतीय पक्षलाई आग्रह गरेपछि निर्यात अनुमति दिएको हो।
भारतीय सरकारबाट असार १६ गते पाम आयाल निर्यात खुल्ला गरेको जानकारी आएको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए।
उनका अनुसार भारतीय सरकारले डिसेम्बरसम्मका लागि पाम आयल निर्यात खुला गरेको छ।
‘अहिले डिसेम्बरसम्म खुला गर्ने भनेका छन्, त्यसपछि पनि निरन्तरता दिन हामी प्रयास गर्छौ,’ सचिव भट्टराईले भने।
निर्यात हुने प्रमुख वस्तुमा पायम आयल थियो। पाम आयल निर्यात हुँदा राष्ट्रको अर्थतन्त्रलाई टेवा पुग्ने मन्त्रालयको विश्वास छ।
वनस्पती घ्यु उत्पादन गर्ने नेपाली उद्योगीहरूले इन्डोनेसीया र मलेसियाबाट पाम आयल आयात गरेर प्रशोधन गरेर भारत निर्यात गर्दै आएका थिए।
०७६ पुस २३ गते भारतीय सरकारले कुनै पनि प्रकारका रिफाईन्ड पाम आयलको आयात नगर्ने भनी आन्तरिक सूचना जारी गरी गर्यो। त्यसको भोलिपल्टदेखि नेपालबाट पाम आयल भारत निर्यात भएको थिएन।
नेपालमा प्रशोधन हुने पाम आयल उपभोक्ताले उपभोग गर्ने २ केजि, ५ केजि र १५ केजि लगायतको प्याकमा जाने गरेको छ।
शिवशक्ति घ्यु उद्योग, स्वस्तिक आयल, श्रीकृष्ण आयल, शुसिल वनस्पति उद्योग, गणपति वनस्पति, सिद्धार्थ आयल, नन्दन घि एण्ड आयल, अन्नपूर्ण भेजिटेवल, पशुपति खाद्य तेल उद्योग, बाबा भेजिटेवल आयल, नारायणी आयल रिफाईनरी उद्योग, कुसुम आयल, बाग्मति आयल, श्रीराम रिफाईण्ड आयल, प्रोवायोटिक, ओसिवी फुड्स एण्ड फिड्स र महालक्ष्मी सोल्भेन्टले पाम आयल प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन्।