उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउनु पर्ने आबश्यकता औँल्याएकी छन्।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले त्यस्तो बताएकी हुन्।
त्यस्तै सबै नागरिकहरुलाई विद्युत महशुलमा सहुलियत दिन पहल गर्ने उनले बताइन्। उद्योग कलकारखाना तथा व्यवसायीहरुका लागि समेत विद्युत महशुलमा सहुलियत दिने उनको जोड थियो।
नेपालमा डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनको प्रतिस्थापन गरेर विद्युतीय सवारीको प्रयोग बढाउन पहल गर्ने मन्त्री भुसालले बताइन्।
कार्यक्रममा उनले नेपालको सबै कृषियोग्य जमिनमा सिचाईँ पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गरिन्।
‘पूर्वमन्त्रीहरुले जे काम गर्नुभएको छ, म उहाँहरुले बसालेको जगबाटै कामलाई निरन्तरता दिन्छु। मेरो पहिलो प्राथमिकतामा सुसाशन हो। सुसाशन कायम राखेर गुणस्तरीय सेवा प्रवाहमा प्रतिवद्ध छु,’ उनले भनिन्।