दोस्रो ‘एनटीएस कौसी क्विन-२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन्।
प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्वीन-२०७८’ को ताज ढकालले पहिरिएकी हुन्।
उनलाई गत सालकी कौसी क्वीन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन्। साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्वकृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गरेका थिए।
ताजसँगै उनले ५० हजार रुपैयाँ बराबरको कौसीमा ग्रीन हाउस उपहार पाएकी छन्।
त्यसैगरी, त्यसै गरी ‘फस्ट रनर-अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनर अप बनेपाकी विजया मानन्धर भएकी छन्।
त्यस्तै, पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भएकी थिइन्।
सोही कार्यक्रममा अप्रतियोगी पुष्प व्यावसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्वीन’को उपाधीले सम्मान गरिएको थियो।
फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बरावरको कौसी खेतीका सामाग्री पाएका छन्।
त्यसैगरी, सहभागी सबैलाई एक हजार बराबरको सान्त्वना पुरस्कार पनि वितरण गरिएको छ।
प्रतियोगितामा देशभरबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो।
सहरी क्षेत्रमा खेती गर्न सबैलाई आकर्षण गर्ने भएकाले कोसी खेतीसम्बन्धी कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए।
घरको नक्सा पास गर्ने समयमा कौसीमा अनिवार्य कौसी खेती गर्ने ट्रस बनाउन सकेमा झनै राम्रो हुने बताए।