बागलुङका बीउ व्यवसायी किसानको भेलाले निर्मला जिसी पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।
संघको उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा कृष्णप्रसाद गौतम र कोषाध्यक्षमा गङ्गाराना मगर तथा सदस्यमा टोपबहादुर खड्का, डिल्लीप्रसाद गौतम, दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रविन खड्का चयन भएका छन्।
भेला शुभारम्भ गर्दै कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था रहेको बताए। कृषिबाट प्रदान हुने सेवा सुविधा सबै किसानले पाउनुपर्नेमा उनले जोड दिए।