पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर र चितवनमा बर्डफ्लु देखिएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवाखानी र चितवन राप्ती नगरपालिका वडा नं ६मा बर्डफ्लु देखिएको पशु सेवा विभागले जानकारी दिएको छ।
बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको छ।
त्यस्तै, चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, २० गोटा हाँसको अन्डा, १ हजार केजी दाना र ३ सय ५० गोटा अन्डाको क्रेट नष्ट गरिएको विभागले जानकारी दिएको छ।
केही समयअघि मोरङमा पनि बर्डफ्लु देखिएको थियो। रोग थप फैलन नदिन सुरक्षाका उपायहरू अपनाउन विभागले आग्रह गरेको छ।
कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा बिरामी परेमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।