नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)ले पशु जाँचकालागि डिजिटल एक्स-रे र अल्ट्रासाउण्ड वितरण गरेको छ।
डिजिटल प्रविधिबाट पशुको जाँच गर्न भेटनरी अस्पतालमा डिजिटल एक्स-रे र अल्ट्रासाउण्ड वितरण गरेको हो।
२२ ठाउँमा अल्ट्रासाउण्ड र ८ ठाउँमा डिजिटल एक्स-रे वितरण गरेको आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा.केशव भट्टले बताए।
उनका अनुसार यस अघि पशुको जाँच परम्परागत रूपमा गरिँदै आएको थियो।
पहिलो चरणमा काठमाडौं, विराटनगर, महोत्तरी, चितवन, पोखरा, भैरवहा, कन्चनपुर र मकवानपुरमा डिजिटल एक्स-रे वितरण गरिएको छ।
त्यस्तै, मोरङ, झापा, सुनसरी, धनकुटा, इलाम, पर्सा, सप्तरी, धनुषा, सर्लाही, पोखरा, स्याङ्जा, भैरवहा, नवलपुर, ललितपुर, बाँके, कैलाली र कन्चनपुरमा अल्ट्रासाउण्ड वितरण गरिएको छ।
मेसिन चलाउन पशु चिकित्सकलाई तालिम समेत दिइसकेको आयोजना जानकारी दिएको छ।