राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने बताएकी छिन्।
संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले आगामी वर्षदेखि किसानलाई उखु क्रसिङ भएकै वर्ष पैसा दिने नीति लिएको बताएकी हुन्।
गत वर्ष उखु किसान उद्योगी तथा सरकारबाट उखुको पैसा नपाएको भन्दै काठमाडौं माइतीघरमा आन्दोलन गर्न आएका थिए।