अब उद्योगले केराउ, मरिच र सुपारीको आयात गर्दा आयत गर्ने बराबरको रकम बैंकमा नगदै (मार्जिन) जम्मा गर्नुपर्ने भएको छ।
राष्ट्र बैंकले केही महिना अघि ४७ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि शतप्रतिशत मार्जिन राख्ने व्यवस्था गरेको थियो। सो समय आद्योगिक प्रयोजनको लागि केराउ, मरिच, सुपारी ल्याउदा नगद मार्जिन राख्न नपर्ने व्यवस्था गरेको थियो।
बिहीबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै उद्योगले आयात गर्दा मार्जिन राख्नु नपर्ने वस्तुको सूचीबाट यसलाई झिकेको छ।
चालु आवको १० महिनासम्ममा भने २ अर्ब ६९ करोडको सुपारी तथा अन्य नट्स, एक अर्ब १४ करोडको मरिच लगायत र ३ अर्ब ७१ करोडको केराउ लगायतका वस्तु आयात भएको छ।