सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको महासचिवमा शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन्। सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकले महासचिवमा श्रेष्ठलाई सर्वसम्मतले चयन गरेको हो।
श्रेष्ठ नेपाल भेटेरिनरी एसोसियसनको वर्तमान अध्यक्ष पनि हुन्। सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको अध्यक्षमा भारतीय भेटेरिनरी एसोसियसनका अध्यक्ष चयन भएका छन्। बैठकमा सार्क राष्ट्रहरूमा भएको संगठनहरूको प्रतिनिधित्व थियो। सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसनको पहिलो बैठकले सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ। नेपाल भेटेरिनरी एसोसियसनको १४ औँ राष्ट्रिय सम्मेलनको अवसरमा सार्क क्षेत्रीय भेटेरिनरी एसोसियसन गठन गरिएको हो।
नेपाल भेटेरिनरी एसोसियसनको १४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री चन्द्र बहादुर बुढाले गरेका थिए। सम्मेलनमा ५ सय भेटेनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो। त्यस्तै सम्मेलनमा ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त २ दिने सम्मेलन पोखरामा सम्पन्न भएको हो।