मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरू भएको छ। प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ।
गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा तीन हजार ७४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८०९ र तराईमा ३३ हजार ७४५ हेक्टर जग्गामा रोपाइँ भएको छ।
प्रदेशमा कूल आठ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन रहे पनि तीन लाख ३४० हजार ८२९ हेक्टर जग्गामा धान लगाउने गरिएको छ ।
वर्षेधानबालीका निम्ति आवश्यक पर्ने रासायनिक मलमा युरिया र डिएपीको अभाव रहेको कृषकहरुको गुनासो छ भने युरिया पाउँदा डिएपी नपाउने र डिएपी पाउँदा युरिया नपाउने स्थितिलाई समाप्त पारी कृषकलाई युरिया र डिएपीसँगै दिनुपर्ने प्रदेश सभासदस्य चुमनारायण तवदारले जानकारी दिए।
यसैगरी यस वर्ष धान दिवसका अवसरमा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराले किसानलाई राहत प्रदान गर्न सरकार किसानको मागमा गम्भीर हुनुपर्ने सदस्य तवदारको भनाइ छ।