नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो वीरेन्द्रबहादुर बस्नेत। बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले वर्षौंदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा र पहिचान कमाए। उनै बस्नेत धानमिल अर्थात धान र खाद्य सुरक्षाको नयाँ क्षेत्रमा मोडिएका छन्।
आफू कृषककै छोरो भएकाले यसमा भिज्न त्यति गाह्रो र नयाँजस्तो आफूलाई नलागेको उनको भनाइ छ। राज्यको समृद्धि विकासका लागि कृषि पेसालाई व्यवस्थित र उकास्नु बाहेक अर्को विकल्प नरहेको उनको बुझाइ छ।
२०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ।
बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाँगीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ। मिलमा अहिले उपकरण जडानको कार्य धमाधम चलिरहेको छ।
यसै सन्दर्भमा केन्द्रित रहेर बस्नेतसँग गरिएको भिडिओ कुराकानीः