महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले रासायनिक मलको खरिद योजना नहुँदा वर्षेनी समस्या भोग्न परेको विषयलाई औंल्याएको छ।
रासायनिक मलको आवश्यकता पहिचान तथा विश्लेषण गरी खरिद योजना तयार नुहँदा समयमा मल आपूर्ति हुन सकेको छैन। यसै कारण कृषकले खेती लगाउने समयमा रासायनिक मल प्राप्त गर्न सकेको छैन।
खरिद योजनाअनुसार समयमा नै खरिद नगरी पछि खरिद प्रक्रिया सुरू गर्दा समयमा मल आउन नसकेको हो।
प्रतिवेदमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७७/०७८ मा चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल खरिदको लागि १६ ठेक्का व्यवस्थापन भएकोमा एक लाख मेट्रिक टन ठेक्का रद्द भएको छ। ६० हजार मेट्रिक टन मल आपूर्ति सम्बन्धीमा मुद्दा अदालतमा विचाराधिन छ।
२५ हजार मेट्रिक टन चालु आर्थिक वर्षमा आएको छ। त्यस्तै, सो वर्ष १० ठेक्काबाट दुई लाख ७२ हजार मेट्रिक टन मल आएको छ।