हाल सरकारसँग ४२ हजार नौ सय ४३ मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल कृषि सामाग्री कम्पनीसँग युरिया १५ हजार, डिएपी १८ हजार चार सय, पोटास एक हजार आठ सय ३७ गरी जम्मा ३५ हजार चार सय टन मल मौज्दात छ।
त्यस्तै, साल्ट ट्रेडिङ कम्पनीसँग युरिया ६ हजार पाँच सय, डिएपी आठ सय र पोटास ९५ मेट्रिक टन मौज्दात छ।
चालु आर्थिक वर्ष २०७९/८० मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मलखाद खरिदको लागि टेण्डर आह्वान भएका थियो।
सोमध्ये एक लाख १० हजार मेट्रिक टन मल आयात भई ८६ हजार पाँच सय मेट्रिक टन बिक्री वितरण भइएको मन्त्रालयले जानकारी दिएको छ।