गोरखाका किसानहरूलाई तरकारी बोकेर बजारसम्म लैजान मिल्ने क्रेट उपलब्ध गराइएको छ।
गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईले गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का किसानहरूलाई क्रेट उपलब्ध गराएका हुन्।
तरकारी खेती गर्दै आएका चेपाङ बस्तीका किसानहरूलाई क्रेट उपलब्ध गराइएको सांसद बजगाईले जानकारी दिए। प्रति घरपरिवार तीन वटाका दरले १२४ घरधुरीलाई क्रेट उपलब्ध गराइएको उनको भनाइ छ।
सांसद बजगाईले तलब, भत्ता जनताका लागि खर्च गर्ने बताएका थिए।