टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘एस’ विशेष एप्लिकेसन नेपालमा ल्याएको छ। ‘गो ग्रिन टु किप इट क्लिन’ भन्ने नारासहित एस विशेषका गाडीहरु ल्याएको हो।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेसन भ्यानको उपयोगिता प्रदर्शन गरिएको थियो।
सिप्रदीका अनुसार एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउँछ। एस स्किप लोडरले कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घरको फोहोर संकलन तथा ब्यवस्थापन गर्न तथा एस स्काईलिफ्टले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम मार्फत सजिलो बनाउने कम्पनीले जनाएको छ।
यसैगरी अन्य सामाग्रीको ओसार पसार गर्न एस कन्टेनर एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार सहज हुने सिप्रदीले जनाएको छ।
समारोहमा सिप्रदी ट्रेडिङ्गका सि.इ.ओ. राजन बाबु श्रेष्ठ, टाटाका लागि सार्क राष्ट्रका क्षेत्रीय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रीय प्रबन्धक तुसार गुप्ता लगायतको उपस्थिति थियो।