'पि७' लेखिएको गाडीको नम्बर प्लेट करिब दुई अर्बक रुपैयाँमा बिक्री भएको छ।
यूएईको दुबईमा भएको एक लिलामीमा उक्त नम्बर प्लेट ५५ मिलियन दिराम (एक अर्ब ९५ करोड ३३ लाख २९ हजार नेपाली रुपैयाँ)भन्दा बढी मूल्यमा बिक्री भएको हो।
यस नम्बर प्लेटको मूल्यले विश्व रेकर्ड नै राखेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यसले सबैभन्दा महँगो नम्बर प्लेटको रूपमा गिनिज बुकमा नाम लेखाएको हो।
यसभन्दा अघि सन् २००८ मा अबुदाबीमा भएको लिलामीमा १ नम्बर प्लेट ५२.५ मिलियन दिराममा बिक्री भएको थियो।
यस वर्षको लिलामी कार्यक्रम गत शनिबार दुबईमा भएको थियो। उक्त लिलामी कार्यक्रममा विभिन्न पृथक नम्बरको नम्बर प्लेटहरू राखिएको थियो। ती नम्बर प्लेटहरूको बिक्रीबाट ९७.९२० मिलियन दिराम संकलन भएको जनाइएको छ।
कार्यक्रममा एए१९, एए२२, एए८०, ओ७१, वाई९००, वाई६६६६, जस्ता पृथक भिआईपी नम्बर प्लेटहरू पनि लिलामीको लागि राखिएको थियो।