हुन्डाईले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘हुन्डाई परिवार’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले विभिन्न आउटलेटबाट हुन्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी विभिन्न लाभ लिन सक्नेछन्।
विभिन्न कम्पनीहरुसँग सम्झौता गरी हुन्डाईले ग्राहकलाई थप सुविधा प्रदान गर्दै आएको छ।
नेपालको लागि हुन्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ९ फरवरी, २००९ देखि गाडिको आयात, बिक्री तथा बिक्रीपछिको सेवाहरु प्रदान गर्दै आएको छ।