डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले अधिराज्यभर एक्स्चेन्ज योजना ल्याएको छ।
मेगा ‘एक्स्चेन्ज विक’ नाम दिइएको यस योजनामा ग्राकले आफ्नो कुनै पनि पुरानो गाडीसँग नयाँ डाट्सन गाडी साट्न सक्ने छन्। साउन १० देखि १७ गतेसम्म यो योजना लागू हुनेछ।
अधिराज्यभर रहेका आधिकारिक शोरुमहरुमा सञ्चानलन हुने एक्स्चेन्ज अफरमा ग्राहकले अन द स्पट नै आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी ७५ हजारसम्मको एक्स्चेन्ज बोनस समेत पाउने कम्पनीको दावी छ।
त्यस्तै १ लाख ७५ हजारसम्मको क्यास डिस्काउन्ट, अन स्पट फाइनान्सिङ्गको सुविधा पनि रहेको पायोनियरले जनाएको छ। कम्पनीका अनुसार हरेक गाडीमा ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म सर्भिसिङ्ग तथा १ वर्षको सडक कर पनि समावेश छ।
रेडि गो, गो र गो प्लस गाडीहरुमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि दिइएको कम्पनीको भनाइ छ।