नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता सीजी मोटोकर्पले आगामी आइतबारदेखि मंगलबारसम्म ‘स्वीफ्ट एक्स्चेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ।
नयाँ स्वीफ्ट तेस्रो संस्करणको मोडललाई लक्षित गर्दै ३ दिने एक्स्चेन्ज क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ। स्वीफ्टको नयाँ मोडलसँग एक्स्चेन्ज गर्दा कम्पनीले उपभोक्ताहरुलाई ठाउँमै मूल्य निर्धारण गरी ४० हजार रुपैयाँ विशेष एक्स्चेन्ज बोनस प्रदान गर्नेछ।
साथै कम्पनीले सोही मोडलमा ११ दशमलव ९९ प्रतिशतको विशेष ब्याजदरमा फाइनान्सको व्यवस्था प्रदान गर्नेछ। यो योजना देशका सम्पूर्ण आउटलेटमा उपलब्ध रहने सुजुकीले जनाएको छ।
सुजुकीका अनुसार तेस्रो संस्करणको नयाँ स्वीफ्ट श्रेणीको सर्वाधिक स्पोर्टी रुप भएको मोडल हो। पूर्ण रुपमा नयाँ डिजाइन सहितको यो सवारी साधन पाँचौ संस्करणको ‘हर्टेक्ट प्ल्याटफर्म’मा निर्मित छ, जसले यसलाई अझ मजबुत र सुरक्षित बनाएको छ।
यो मोडलमा पूर्व परीक्षण गरिएको के १२ भिभिटि ईन्जिन छ, जसले ८३ पिएस पावरसहित २२ किलोमिटर प्रति लिटरको उत्कृष्ट माइलेज प्रदान गर्दछ।
नयाँ स्वीफ्टमा डुवल एयरब्याग, एन्टिलक ब्रेकिङ प्रविधि, फ्रन्टल पेडेस्ट्रियन प्रोटेक्सन प्रविधि, फोर्स लिमिटर र प्रिटेन्स्नर सहितको सिट बेल्ट एवं सुरक्षामा केन्द्रित आइसोफिक्स् चाइल्ड सिट एन्कोरे लगायतका सुविधा उपलव्ध छ।
यसमा सुविधायुक्त ब्लुटुथ ह्यान्ड्स फ्री प्रविधि, अटो एसी, अलोय व्हील, पुस स्टार्ट बटन, रिमोट किलेस इन्ट्रि, फ्रन्ट फग ल्याम्पस्, सेक्युरिटी आलार्म सिस्टम जडित छ।