अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले महिन्द्रा गाडीहरुको स्पेयर पार्टस् तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यले कुलेश्वरमा बिक्री कक्ष संचालनमा ल्याएको छ।
स्पेयर पार्टस्, एसोसरिज एवं लुब्रिकेन्ट यहाँबाट बिक्री हुनेछ। बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले उदघाटन गरे।
उक्त कार्यक्रममा बिक्री केन्द्रका कर्मचारी, महिन्द्रा एण्ड महिन्द्रका कर्मचारी एवं प्रमुखहरुको उपस्थिति थियो। बिक्री कक्ष कालिमाटी स्थित प्रहरी कार्यालयबाट १०० मिटरमा रहेको छ।
यस विक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ। सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपअन्तर्गत अग्नी इन्कर्पोरेटेड, अग्नि इनर्जी, अग्नि मोटोइन्क, बालाजू अटो वक्र्स पर्दछन्।
यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन्।