सिप्रदी ट्रेडिङले ललितपुरको बागडोलमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन गरेको छ।
टाटाका प्यासेन्जर भेइकलको विक्रीपछि सेवाको लागि कम्पनीले अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
२०१८ को मार्चबाट सञ्चालनमा आएको यो सर्भिस सेन्टरमा नेपालमा रहेका कुनैपनि गाडी ब्राण्डका सर्भिस सेन्टरभन्दा अत्याधुनिक सेवा दिने सिप्रदी ट्रेडिङ प्रालि (प्यासेन्जर भेइकल बिजनेस युनिट)का जनरल म्यानेजर प्रविन खतिवडाले दाबी गरे।
नेपालभर टाटाका १० हजार वटा प्यासेन्जर गाडी सञ्चालनमा छन् जसमध्ये काठमाडौं उपत्यकामा मात्र ६ हजारको हाराहारीमा चलिरहेका छन्।
समय अनुसार ग्राहकको माग बढ्दै गइरहेकोले र ग्राहकललाई सकेसम्म सन्तुष्ट बनाएर टाटाको विश्वास कायमै राख्न सिप्रदीले बागडोलमा उच्च प्रविधिसहितको सर्भिस सेन्टर सञ्चालन गरेको खतिवडाले जानकारी दिए।
४ जान इन्जिनियर, १६ जाना टेक्निसियनसहित ३० जना कर्मचारी रहेको यो सर्भिस सेन्टरमा भएका टेक्नोलोजी नेपालमा अरु कुनै पनि गाडी ब्राण्डको नभएकोले कम्पनीको दाबी छ।
यस सर्भिस सेन्टरमा मेकानिक र ग्राहकको समय बचाउन न्युम्याटिक लाइन जडान गरिएको छ जसबाट आउने हावाको मद्दतले इन्जिन खोल्न सकिन्छ जसले गर्दा ६ दिन लाग्ने कान ४ दिनमा गर्न सकिने कम्पनीले जनाएको छ।
अर्को विशेषता भनेको ग्राहकले गाडी बनाउन दिएपछि इलेक्ट्रोनिक भेइकल स्ट्याटस डिस्प्ले हो।
यसले पर्खाइमा बसेका गाडी धनीलाई कुन गाडी बन्दै छ, कतिवटा गाडी पछि पालो आउँछ, बनिसक्यो कि? भनेर जानकारी दिन्छ। यो प्रविधि नेपालमै पहिलो भएको कम्पनीको दाबी छ।
देशको कुनै पनि ठाँउमा गाडी बिग्रिएको खण्डमा २४ घण्टाभित्र यहाँबाट टेक्निसियन पुग्ने व्यवस्था मिलाइएको छ।
त्यस्तै सर्भिस सेन्टरको ४८ आवर रिपेयर ग्यारेन्टी सर्भिसमा गाडीको सामान्य समस्या ४८ घण्टा भित्र बनाएर डेलिभरी गर्ने यदि गर्न नसकेको खण्डमा पैसा फिर्ता गर्ने व्यवस्था गरेको छ।
कम्पनीको सन्जिविनी स्किम उपलब्ध छ, जसमा गाडीको वारेन्टी समय सकिएपछि पनि इन्जिनमा कुनै पनि समस्या आयो भने प्रत्येक गाडीको निश्चित मूल्य प्याकेज बनाइएको छ। यो स्किममा गाडी बनाएइपछि पनि डेढ वर्ष वा ५० हजार किलोमिटरसम्म फेरि वारेन्टी दिइने कम्पनीले जनाएको छ।
ग्राहकको समय बचाउन फ्रि पिक अप एण्ड ड्रप सेवा उपलब्ध छ। यसको लागि यस सर्भिस सेन्टरमा २ वटा ड्राइभर स्ट्याण्ड बाइ रहने र घर अथवा अफिसमै गएर गाडी पिक अप/ड्रप गर्ने कम्पनीले जनाएको छ।
यस सर्भिस सेन्टरको अर्को सेवा भनेको डोर टु डोर सर्भिस हो।
सर्भिस सेन्टरको मोबाइल भ्यानले घरमै गएर नि:शुल्क जाँच गर्छ र ठूलै समस्या रहेछ भने त्यहीँबाट सर्भिङ बुकिङ गर्छ। यो सेवा प्रयोग गर्नेलाई स्पेयर पाट्स र लुब्रिकेन्टमा १० प्रतिशत छुट पनि दिइने कम्पनीले जनाएको छ।
यो सर्भिस सेन्टरमा काम गर्ने १२ वटा बे (बनाउने ठाँउ) छ। एउटा बेमा कम्तीमा दिनमा २ वटा गाडी बनाउन सकिने र दिनमा कम्तीमा २४ वटा गाडी बनाउन सकिने कम्पनीले जनाएको छ। कामको प्रकृति हेरेर ५० वटासम्म गाडी बनाउन सकिने बताइएको छ।
त्यस्तै यस सर्भिस स्टेशनले आन्तरिक सुधारका लागि आइडिया बोर्ड राखेको छ। कर्मचारीलाई कुनै पनि क्षेत्रमा सुधार गर्नुपर्ने लाग्यो भने त्यो बोर्डमा लेखेर टाँस्छ र त्यस विषयमा छलफल गरेर सुधार गरिने कम्पनीले जनाएको छ।