नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यवसायिक अभियान सुरू गरेको छ।
यो अभियान रोजगारीको अवसर खोजिरहेका युवाप्रति लक्षित रहेको कम्पनीले जनाएको छ।
यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकले नि:शुल्क ड्राइभिङ तालिम, मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्स सुविधा पाउनेछन्।
टाटाको यो अभियानले रोजगारीको खोजीमा विदेशिनेका लागि विशेष भूमिका खेल्ने सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए।