सामान्यतया अझै पनि गाडी भनेपछि बिलासिता र पैसा हुनेले मात्र उपभोग गर्ने सामान्य बुझाइ छ।
हुन पनि लाखौ पर्ने गाडी न्यून आय भएको नेपालीले खरिद गर्न त्यत्ति सजिलो छैन। डाट्सनले यो परिभाषालाई परिमार्जन गर्न कोसिस गरेको छ।
त्यसको उदाहरण हो डाटसन रेडी–गो ०.८।
‘डाटसन रेडी–गो ०.८ लिटर नेपाली बजारमा भित्रिएसँगै आक्रामक व्यापार गर्न सफल भएको कम्पनीको दावी छ।
डाट्सनको रेडी–गो ०.८ लिटर सोही कम्पनीकै अरु गाडीको तुलनामा पनि धेरै विक्री हुने गरेको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका पर्चेज डिभिजनका सिनियर म्यानेजर दिपेन प्रधान बताउँछन्।
डाट्सनको रेडी–गो ०.८ को मूल्य यही सेग्मेन्टमा प्रतिस्पर्धी ब्राण्डका गाडीको तुलनामा निकै कम रहेको उनको दाबी छ।
तीन ओटा भेरियन्टमा यो गाडी उपलव्ध छ। कम्पनीले ‘डि’ भेरियन्टको मूल्य १५ लाख २५ हजार, ‘टि(ओ)’ को १८ लाख ४५ हजार र ‘एस’को १९ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको छ।
‘डि’ भेरियन्टका गाडी नन् अप्सनमा मात्र उपलब्ध छ भने ‘टि(ओ)’ मा एयर कन्डिस्नर, पावर स्टेरिङ, पावर विण्डो, म्युजिक सिस्टम उपलव्ध छ। ‘एस’ भेरिएन्टमा एयर कन्डिस्नर, पावर स्टेरिङ, पावर विन्डो, म्युजिक सिस्टम, सिङ्गल एयर ब्याग, डे टाइम रनिङ ल्याम्प लगायतका फिचर्स समावेश छन्।
८ सय सिसी इन्जिन क्षमताको यो गाडीले ५ हजार ६ सय ७८ आरपिएममा ५४ पिएस उच्च शक्ति र ४ हजार ३ सय ८६ आरपिएममा ७२ एनएम उच्च टर्क उत्सर्जन गर्छ।
यसको ग्राउण्ड क्लियरेन्स यो सेग्मेन्टमा सबैभन्दा धेरै रहेको प्रधानको दाबी छ। यसको न्यूनतम ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको छ।
यो आरामदायी हुनुको साथै पार्किङ गर्न र गल्लीमा चलाउन पनि त्यति गाह्रो नहुने कम्पनीले जनाएको छ।
निसानको टेक्नोलोजीमा बनेको हुनाले यसको इन्जिन पनि निकै बलियो रहेको प्रधानले दाबी गरे।
यसको एरोडाइनामिक लुक्सको कारण हावाले कम अवरोध गर्ने र फ्युल इकोनोमी धेरै हुने प्रधानले बताए। यसले शहरी क्षेत्रमा १५ र हाइवेमा १९ किलोमिटर माइलेज दिने उनको दाबी छ।
कम्पनीले बिक्रीपछिको सेवाको लागि कुनै सम्झौता नगरेको प्रधानको भनाइ छ।
‘यसको स्पेयर पार्टस् प्रतिस्पर्धीको भन्दा निकै सस्तो छ र हामीले प्रयाप्त मात्रामा ल्याएका छौँ’ प्रधानले भने।
यसको सर्भिसिङ शुल्क अन्य प्रतिस्पर्धी गाडीको तुलनामा न्यून रहेको छ। यसलाई ६ महिना अथवा ५ हजार किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने र एक पटक गर्दा धेरैमा ३ हजार रुपैयाँ मात्र लाग्ने प्रधानले दाबी गर्छन्।
यो सिल्भर, ग्रे, रातो, हरियो र सेतो गरी ५ वटा रङ्गहरुमा उपलब्ध छ।
अहिले डाट्सनको एक्सचेज कार्यक्रम सञ्चालन भइरहेको छ, जसमा पुरानो कुनै पनि गाडीसँग रेडी गो ०.८ एक्सचेन्ज गर्दा एक्स्चेन्ज बोनस ५० हजारसम्म पाउने कम्पनीले जनाएको छ। डाट्सनको गाडी खरिद गर्दा मोडल हेरेर ७५ हजार देखि १ लाख ५० हजारसम्म छुट पनि दिइने प्रधानले जानकारी दिए। ग्राहकको सुविधाको लागि कम्पनीले गाडीलाई चाहिने एसेसरिजहरु पनि उपलब्ध गराउँछ।
किस्ताबन्दीमा गाडी खरिद गर्नेको लागि कम्पनीले ग्राहकलाई झन्झटमुक्त गर्न आफै बैंकिङको व्यवस्था मिलाइदिने गरेको छ।