आर्थिक वर्ष २०७४/७५ मा ८६ अर्ब रुपैयाँ बढीको गाडी तथा स्पेयर पार्टस् अयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा ८६ अर्ब २९ करोड ७९ लाख ५४ हजारको गाडी र स्पेयर पार्टस् अयात भएको छ।
यो आँकडा अघिल्लो वर्ष भन्दा ६ अर्ब ७९ करोड ५७ लाख ४४ हजारले बढी हो।
आर्थिक वर्ष २०७३/७४ मा ७९ अर्ब ५० करोड २२ लाख १० हजारको गाडी तथा स्पेयर पार्टस् आयात भएको थियो।
त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा ६६ अर्ब २० करोड ५० लाख ८० हजारको आयात भएको थियो। तथ्याङक हेर्दा वर्षेनि सवारी साधनको अयातमा जाने रकम बढ्दै गएको देखिएको छ।