टाटा नेक्सनले क्र्यास टेस्टमा ४ स्टारको रेटिङ पाएको छ। ग्लोबल एनसिएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) ले हालै जर्मनीमा आयोजना गरेको एडिएसी क्र्यास टेस्टमा यस एसयूभी सुरक्षाका हिसावले अगाडि देखिएको हो।
नेक्सनले ‘एड्युल्ट अक्युपेन्ट’मा चार स्टार तथा ‘चाइल्ड अक्युपेन्ट’मा तीन स्टार पाएको छ।
प्रतिघण्टा ६४ किलोमिटरको गतिमा कुदाएर गरिएको क्र्यास टेस्टका क्रममा अगाडिको इन्जिन भागमा क्षति पुगेको थियो। यात्रु तथा चालकको टाउको, छाति तथा खुट्टामा पर्ने असर भने न्यून पाइएको ग्लोबल एनसिएपीको टेस्ट रिपोर्टले देखाएको छ।
यो रेटिङले अटो बजारमा सुरक्षाका दृष्टिकोणले यस सव कम्प्याक्ट एसयूभी अगाडि रहेको मान्यता स्थापित भएको कम्पनीको भनाइ छ। यसमा दुई एयरब्याग, इबिडीसहितको एबिएस, आइसोफिक्स चाइल्ड सिट, एन्टिलक ब्रेकिङ सिस्टम समावेश छ।
टेष्टपछिको नतिजामा भनिएको छ कि आइसोफिक्स चाइल्ड सिटले बच्चाको टाउको तथा छातिलाई बढी सुरक्षित राख्नेमा नेक्सन केही सीमित कारमध्ये पर्दछ।
यसअघि टाटाको जेस्टले पनि २०१६ को टेस्टमा ४ स्टारको रेटिङ पाएको थियो।