हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले विश्वकप फुटबललाई लक्षित गर्दै ल्याएको ‘रोड टु रसिया’ योजनाका विजेताले पुरस्कार पाएका छन्।
यसअन्तर्गत कम्पनीले आधिकारिक वेबसाइट पेजमार्फत ‘हुन्डाई वर्ल्ड कप प्रेडिक्ट एण्ड वीन’ संचालन गरेको थियो। जसमा जगननाथ राउत, किसमत पाण्डे र अशोक भण्डारीले पाएको जम्मा अंकको आधारमा क्रमशः ४३ इन्चको सामसङ स्मार्ट टिभी, ३२ इन्चको स्मार्ट टिभी र कुलप्याड प्ले सिक्स स्मार्टफोन जितेका छन्।
यसैगरी, दिपेन्द्र कार्की, प्रयस बिदारी, समिप सिंग पाहारी, देवराज घिमिरे र नितेश राज रेग्मी र आस्मा रायमाझीले कुलप्याड कुलवान स्मार्टफोन जितेका छन्।
मिस नेपाल वर्ल्ड श्रीङ्खला खतिवडा र हुन्डाई मिस फ्रेन्डसिप शायारा लामाले आधिकारिक रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए। हुन्डाईले ४ जना भाग्यशाली ग्राहकलाई रसियामै गएर स्टेडियममा लाइभ फाइनल म्याच हेर्ने अवसर प्रदान गरेको थियो।