निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ। साउन २८ बाट सुरू भएको यो मेला देशव्यापी रूपमा भदौ ४ गते सम्म चल्ने कम्पनीले जनाएको छ।
पायोनियर मोटो कर्पका व्यवस्थापन निर्देशक सन्दिप सारदाले निसान गाडीप्रति सर्वसाधारणमा बढेको जिज्ञासा र उत्सुकता मेटाउन पनि यो एक्स्चेन्ज मेला आयोजना गरिएको जानकारी दिए। उनले भने ‘हालै डाट्सन गाडीको एक्सचेन्ज मेला समापन गरेका थियौँ, निसानको मेलाले पनि यस्तै नतिजा दिने हाम्रो विश्वास छ।’
यो मेलामा ग्राहकले ३ लाखसम्मको छुट, ५ लाखसम्मको एक्सचेन्ज बोनस छुट, तथा थुप्रै उपहार प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। मेलामा पुराना गाडीको अध्ययन गरी उचित मूल्य दिइने र ग्राहकले तुरुन्त किस्ताबन्दीको सुविधा पनि पाउने पायोनिरले जनाएको छ।