टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन–६, आजदेखि काठमाण्डौको नक्साल ब्यांक्वेटमा शुरु भएको छ।
३ दिन सम्म चल्ने यो मेला, प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुनेछ।
कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको सिप्रदीले जानकारी दिएको छ । उक्त मेला अवधिभर बुकिंग गर्दा गोला प्रथा मार्फत ग्राहकहरुले निम्न लिखित सेवाहरु पाउने कम्पनीले बताएको छ।
१ जोडीलाई यूरोप टुर
१ जोडीलाई थाइल्याण्ड टुर
१ थान हिराको औठी
२ जाना लाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग
३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स
१ जना लाई ६ महिना को निःशुल्क इन्धन
त्यस्तै प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेजमा र भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत वासिंग कुपन १ जना लाई वा
फुल ट्यांक इन्धन १ जना लाई कम्पनीले दिने छ। त्यसतै फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल दिइने सिप्रदीले जानकारी दिएको छ।