सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बीरगञ्जमा सुविधाजनक सर्भिस सेन्टर खोलेको छ।
सुजुकीको बिक्री पछिको सेल्स, सर्भिस तथा पार्ट्स वितरणको लागि रौनक अटो केयरलाई आधिकारिक सर्भिस सेन्टर नियुक्त गरिएको कम्पनीले जनाएको छ।
सर्वाधिक क्षेत्रफल भएका सर्भिस सेन्टरमध्येको एक यस सर्भिस सेन्टर ५६०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ। दैनिक न्यूनतम १५ वटा कार ह्याण्डल गर्ने क्षमता सेन्टरको छ।
सेन्टरमा सुजुकीको मापदण्ड अनुसार सुजुकी एडभान्स्ड डाएग्नोस्टिक सिस्टम (एस डि टि) सहित सम्पूर्ण उच्चस्तरीय उपकरणहरु उपलब्ध छन्। यस सर्भिस सेन्टरमा आफ्नै ‘२ बे बडी’ सप एवं इन्जिन रिपेयर सपका साथै स्पेयर पाटर््सका लागि बृहत स्टोरेज स्पेस राखिएको छ।
कार्यकारी निर्देशक करण चौधरीले कुनै पनि साधनको विक्री पछिको सेवाले मात्रै ग्राहकलाई सन्तुष्टि दिने बताउँदै सेन्टरले त्यसलाई पुरा गर्ने बताए।