टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आयोजना गरेको कार मेला सिजन ६ मा साढे ४ सय ग्राहकले गाडीको मूल्याङ्कन गराएका छन्।
एक्सचेन्जका लागि साढे ४ सय ग्राहकले आफ्ना पुरानो गाडीको मुल्यांकन गराएको सिप्रदीले जनाएको छ। कम्पनीका अनुसार आइतबार सम्पन्न मेलामा ३ हजार भन्दा बढी दर्शकले अबलोकन गरे।
सिप्रदीका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए। जस मध्ये ९८ जनाले बुकिङ गरेका छन्।
कार मेला सिजन ६ मा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुबिधा, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरु गरिएका थिए।
टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठले होलिडे प्याकेज पाएका छन्। गाडी बुक गरेर भुवन के सी र टिका दत्त पाण्ड ले २ वर्षको लागि फ्री सर्भिसिङको कुपन पाए।
सुनिल कुमार श्रेष्ठ र ट्रान्स सोलुसन्सले ६ महिनाका लागि फ्री इन्धन पाए। साथै संजिव कुमार शर्मा नेपाल, प्राचिन श्रेष्ठ र सुरेश भुसालले फ्री कम्प्रेन्सिभ इन्स्योरेन्स हात पारे।
राधिका अर्याल दाहाल, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठले क्रमशः हिराको औठी, थाइल्याण्ड टुर र युरोप टुरको प्याकेज जिते । त्यसैगरी भ्यालुएसन गर्ने ग्राहकमध्ये रोशना आचार्य र सैलेश लामिछानेले फ्री वासिङ कुपन र फुल ट्यांक इन्धन प्राप्त गरे। कृष्ण ख्युजु, सुनिल कुमार श्रेष्ठ र शिखर इन्स्योरेन्सले प्रत्येक दिन बुकिंग गर्ने ग्राहकमध्ये एकलाई दिने भनिएको मोबाइल लक्की ड्र मार्फत जिते।