टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र मुक्तिनाथ बिकास बैंकबीच व्यवसायिक सम्झौता भएको छ।
जसअन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथले कर्जा उपलब्ध गराउने छ। व्यवसायिक प्रयोजनका लागि सुमो गोल्ड खरिद गर्नेले मुक्तिनाथ बिकास बैंकमार्फत मूल्यको ७० प्रतिशतसम्म ऋण पाउने छन्। सो ऋणमा वार्षिक साढे १० प्रतिशत व्याजदर तोकिएको छ।
यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाइ निशुल्क ड्राइभिङ्ग तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान हुने सिप्रदीले जनाएको छ।
अभियानले स्वदेशमा नै रोजगारीको सृजना गर्ने कम्पनीको भनाइ छ। यस अभियानको बारेमा लक्षित समुहलाई जागरुक गराउन नेपालका कुशल प्रस्तोता रबि लामिछाने २ बर्षको अवधिका लागि सिप्रदी ट्रेडिङसँग अनुबन्दित भएका छन्।