नेपालका लागि टिभिएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘अपाचे आरटिआर १६० फोर भी’ बजारमा ल्याएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमकाबीच मोटरसाइकल सार्वजनिक गरिएको हो। यो नेपालको लागि सबै भन्दा शक्तिशाली इन्जिनयुक्त १६० सिसी र बेस्ट इनक्लास मोटसाइकल भएको कम्पनीको दावी छ।
सुपेरियर पफर्मेन्स र डाइनामिक रेसिङ लुकले सहजै नेपाली ग्राहकमाझ मोटरसाइकल सफल हुनेमा आफूहरु ढुक्क रहेको जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले बताए।
यो कार्बोरेटोर भेरियन्टमा उपलब्ध छ। १५९.७ सिसी सिङ्गल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पीएस ८ हजार आरपिएममा र १४.८ एनएम ६ हजार ५ सय आरपिएममा उपलव्ध छ।
यसमा पावर राइडिङको लागि ‘सुपर स्लिक मेटेड’, ५ स्पिड गियर बक्स रहेको छ।
यसको उच्च स्पिड ११३ किलोमिटर प्रति घण्टा रहेको कम्पनीको दावी छ। ‘अपाचे आरटिआर १६० फोर भी’ले ० देखि ६० किलोमिटर प्रति घण्टा स्पिड ४.७३ सेकेन्डमा पुरा गर्ने कम्पनीको दावी छ।
चालकको सुरक्षाको लागि यो डिक्स र ड्रम ब्रेक दुवैमा उपलब्ध छ।
यसमा रहेको अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक सार्प टेलहरुले ग्राहकलाई थप आकर्षित तुल्याउने जगदम्बा मोटर्सको दावी छ।
हालको लागि २ लाख ७९ हजार ९ सय मूल्य कायम गरिएको टिभीएस अपाचे १६० फोरभी रेसिङ रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ।