महिन्द्रा एण्ड महिन्द्राले नेपाली बजारमा ‘प्लस न्यू एक्सयूभी ५००’ सार्वजनिक गरेको छ।
आकर्षक नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्कयूक्त यो उत्कृष्ट एसयूभी मापदण्डको गाडी हो।आकर्षक नयाँ डिजाइन १५५ इन्जिनजडित नयाँ एक्सयूभीले १५५ हर्स पावरमा ३६० एनएम टर्क उत्सर्जन गर्छ।
उत्कृष्ट ओआरभिएमयुक्त ल्याम्प, विद्युतीय सनरुफ, स्मार्टवाच कनेक्टिभिटी, जिपिएस नेभिगेसन, १८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टको सुविधा यसमा छ।
चार भेरियन्टमा उपलव्ध गाडीको सुरुआती मूल्य ६१ लाख ८० हजार रुपैयाँ छ।
छ वटा एयरब्याग तथा इबिडीसहित एबिएसयुक्त गाडीमा सबै पाङ्ग्रा डिस्क ब्रेकजडित भएकाले उकालो तथा ओरालोमा सन्तुलन गर्न सहज छ।
गाडीको अनावरण गर्दै महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एसिया)का उपाध्यक्ष सञ्जय जादवले आकर्षक मूल्य, बेजोड कार्यक्षमता र आफ्नो श्रेणीमा उत्कृष्ट सुरक्षाका कारण यो एसयूभीले नयाँ उचाई चुमेको बताए। एक्सयूभी ५०० अग्रणी एसयूभी रहेको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्राका एसयूभी बलिया भएकै कारण विकट भूभागहरूमा समेत उत्कृष्ट कार्य प्रदर्शन गर्दै आएको दावी गरे।
प्लस न्यू एक्सयूभी ५०० नयाँ स्वरूप र नयाँ विशेषतामा भरिपूर्ण भएकाले ड्राइभिङको आनन्द र उत्साह अझ बढाउने उनको भनाइ छ।