नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैँ र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ।
‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार त्योबाहेक हरेक हप्ता हुने लक्की ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्नेछन्। ‘चाडवाडको रौनकलाई अझ उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौँ’ यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने।
कम्पनीका अनुसार यो लक्की ड्रको टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ। यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्।
यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ। यसले यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीको दावी छ।