हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २०० आर’ बजारमा ल्याएको छ।
‘एक्स्ट्रिम २०० आर’ को हालका लागि २ लाख ८६ हजार ५०० रुपैयाँ मूल्य तोकिएको छ। यो मोटसाइकल नेपाल जनरल मार्केटिङ्गका सबै डिलरहरुमाझ उपलब्ध गराइने कम्पनीले जनाएको छ।
बाइक चलाउँदा युवालाई रोमाञ्चक महसुस हुनुका साथै सुरक्षालाई महत्व दिइएको कम्पनीको दावी छ। यसमा एन्टी–लक ब्रेक सिस्टम (एबिएस) जडान गरिएको छ।
यसलाई नयाँ प्रणालीको बिएस आइभी २०० सिसी एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ। यो बाइकले ८ हजार आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६ हजार ५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ।
४.६ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने यसको उच्चतम विन्दू प्रति घण्टा ११४ किलोमिटरसम्म छ। प्यान्थर ब्ल्याक विथ फोर्स सिल्भर, टेक्नो ब्लु, ब्ल्याक विथ स्पोर्ट रेड र स्पोर्ट रेड कलमा मोटरसाइकल उपलव्ध छ।
१७ इन्च, १३०/७० चौडाईको रियर रेडियल टायरमा भएको ट्रेड प्याटर्नले सडकको पकड कायम राख्ने र मोडिँदा भरपर्दाे तथा ब्रेकको नियन्त्रणलाई सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
यसमा हलुका वजनको तर बलियो फ्रेम प्रयोग गरिएको कम्पनीले जनाएको छ। जसले उच्च गतिमा अत्याधिक स्थिरता कायम राख्न र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहजता प्रदान गर्दछ।