काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो– शो सुरू भएको छ।
सवारी साधनहरूको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो।
शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरू राखिएका छन्। अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरूको सहभागिता रहेको छ।
६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन्। विभिन्न सवारी साधनका आधिकारिक वितरकले शोलाई लक्षित गर्दै सवारी साधन किन्दा छुट तथा अन्य सुविधाका अफरहरु ल्याएका छन्।
यस पटक मेलामा हेभी इक्वीपमेन्टका साधन र बैंकहरुका स्टल समावेश छैनन्। प्रवेश गर्नेलाई टिकट शुल्क २ सय रुपैयाँ तथा विद्यार्थीलाई १५० रुपैयाँ तोकिएको छ।
हेर्नुहोस् तस्वीरमा नाडा अटो शो
सबै तस्वीरः नारायण महर्जन/ सेतोपाटी