टिभिएस अपाचे आर आर ३१० नाडा अटो शो २०१८ मा सार्वजनिक भएको छ।
टिभिएस अपाचे आर आर ३१० को आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन रहेको कम्पनीले दाबी गरेको छ। रेजर सार्प ह्याण्डलिङ्ग र सुपेरियर प्रविधि भएको यो मोटरसाइकल ३६ वर्षको रेसिङ्ग बिरासतको प्रमाणित स्वरुप भएको कम्पनीले जनाएको छ।
टिभिएस अपाचे आर आर ३१०, ३१२ सिसि सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन जसले दिन्छ ३४ पी एस २ ९७०० आर पी एम र २७.३ एन एम आर पी एम. सटिक रेस शिफ्टको अनुभव गर्न सकिने ६–स्पिड गियर बक्स छ ।
यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ जसले ०–६० किलोमिटर प्रति घण्टाको स्पिड मात्र २.९ सेकेन्डमा पुरा गर्दछ. एडभान्स एरोडाइनामिक्स प्याकेज यो सेग्मेण्टको मोटरसाइकलमा कमै मात्र प्रयोग गरिएको कम्पनीले जनाएको छ।