नाडा अटो शोको उपलक्ष्यमा टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नगद वा हिरा अफर घोषणा गरेको छ।
यो अफर हरेक गाडीका लागि विविध रुपमा उपलब्ध रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नाडा अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५ लाख सम्मको हिराको हार वा ३ लाख ५० हजार रुपैयाँसम्मको खरिद छुट पाउनेछन्। साथै सबै प्रकारका गाडी बुकिङमा १ वर्षको बीमा सुविधा कम्पनीको तर्फबाट उपलव्ध हुने बताइएको छ।
यस अतिरिक्त नाडा अटो शोमा गाडी बुक गरी खरिद गर्नेलाई विशेष हेलिकप्टरबाट लाङटाङका लागि साँचो हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।