नेपालका लागि स्कोडा ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लुले अल न्यु स्कोडा कोडियाक बजारमा ल्याएको छ। स्पोर्टी लुक्स, क्रिस्टलाइन डिजाइन, क्लासकै उत्कृष्ट सुरक्षा व्यवस्था र ‘सिप्ली क्लेभर’जस्ता विशेषता यसमा छ।
कोडियाक स्कोडाको पहिलो ‘सेभेन सिटर’ एसयुभी हो। जसमा शक्तिशाली २ लिटरको डिजेल इन्जिन, ४ बाई ४ अल–ह्विल ड्राइभ सिस्टम, ७ स्पिडको गियर बक्स तथा १६.२५ किलोमिटर प्रति लिटर बराबरको माइलेज रहेको कम्पनीले जनाएको छ।
४.७ मिटर लामो यो एसयुभीमा क्लासकै सबैभन्दा ठूलो बुट स्पेस छ। डिजाइन, इन्टेरियर स्पेयर, प्राक्टिकल इन्टेलिजेन्स र इनोभेटिभ टेक्नोलोजीले स्कोडा कोडियाकलाई हाईक्लास एसयुभी बनाएको छ। स्कोडा कोडियाक नेपालभरका स्कोडा सोरुममा ‘क्वार्ज ग्रे’, ‘मुन ह्वाईट’, ‘म्याजिक ब्ल्याक’, ‘लाभा ब्लु’ र ‘लाभा रेड’ गरी पाँच आकर्षक कलरमा उपलब्ध हुनेछ।
एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक रौनक अग्रवालले स्कोडाको पहिलो एसयुभीले नयाँ सेग्मेन्ट थपिएको बताए। ‘कोडियाकमा पर्फमेन्स, कम्फोर्ट, सेफ्टी र बेस्ट इन क्लास टेक्नोलोजी छन् जसले नेपाली ग्राहकको आवश्यकतालाई सम्बोधन गर्छ’ उनले भने ‘यसले अफरोडिङमा एउटा मापदण्ड स्थापित गर्नेछ।’
यसको इन्टेरियर चार वटा ठूला एयर भेन्टजस्तो ‘बोल्ड भर्टिकल इलेमेन्ट’मा छ। थ्रि–जोन क्लाइमाट्रोनिक र पछाडिको सिटमा छुट्टै कन्ट्रोल गर्ने सिस्टम छ। अगाडिका सिटहरुलाई इलेक्ट्रिकल एड्जस्ट गर्न सकिन्छ र यसमा मेमोरी फङ्सन पनि छ।
कम्पनीका अनुसार २.० टिडिआईको इन्जिनले ११० किलोवाट (१५०पीएस) र ३४० एनएम बराबरको उर्जा उत्पन्न गर्छ । यसको माइलेज सरदरमा १६.२५ किलोमिटर प्रति लिटर छ । कोडियाकले १०.१ सेकेन्डमा आफ्नो स्पिड ० बाट १०० किमी प्रति घन्टामा पुर्याउन सक्छ भने यसको अधिकतम स्पिड १९२ किमी प्रति घन्टा छ।
फोर–ह्विल ड्राइभमा विद्युतीय रुपमा नियन्त्रण गर्ने मल्टि–प्लेट क्लच छ जसले कोडियाकलाई अफ–रोडका लागि उपयुक्त बनाएको छ। कन्ट्रोल युनिटले निरन्तररुपमा ड्राइभिङ टर्कको आँकलन गर्छ र यसले गर्दा जस्तोसुकै अवस्थाको सडकमा यो मज्जाले गुड्छ ।
कोडियामा ९ वटा एयरब्याग छन जसले सुरक्षामा स्कोडाको जोडलाई दर्शाउँछ । यसमा भएको ‘ह्यान्ड फ्रि’ पार्किङ प्रविधिले गर्दा साँघुरो स्थानमा अटोम्याटिकली पार्किङ हुन्छ। अर्थात पार्किङ स्पेस कोडियाकको आकारभन्दा ६० सेन्टिमिटर मात्र बढी भए पुग्छ।
यसमा रहेको एम्युन्डसेन म्युजिक र इन्फोटेनमेन्ट सिस्टमले पछिल्लो प्रविधिलाई झल्काउँछ । पहिलो पटक यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र मिररलिंकसहितको स्मार्टलिंक जडान गरिएको छ। नयाँ कारमा सबवुफरसहित १० स्पिकर छन्।
कोडियाकको अर्को उल्लेखनीय विशेषता भनेको ‘भर्चुअल पेडल’ हो जसका माध्यमबाट हातको प्रयोग नगरिकनै खुट्टा उठाएरै बुट खोल्न सकिन्छ। यसको बुट स्पेस २७० लिटरमा छ ।
दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर कोडियाकको बुटस्पेसलाई २००५ लिटरसम्म बनाउन सकिन्छ । गाडीको ढोका नठोक्कियोस् र नकोरियोस् भन्नका लागि 'डोर एज प्रोटेक्सन' राखिएको छ।
नेपाली बजारमा यसको मूल्य एक करोड ४९ लाख रुपैयाँ रहेको छ।