महिन्द्रा गाडीको नेपालको लागि अधिकारिक वितरक अग्नि इन्कर्पोरेटरले नाडा अटो शोमा स्टिन्जर कार प्रदर्शन गरेको छ।
५ वटा सिट क्षमता रहेको यो कार ‘सनसेट’ रङमा छ। हुट (छत) नभएको यो कार हेर्न नाडा अटो शोमा राम्रै चहलपहल देख्न सकिन्छ।
यो कार डेमो मात्र भएकोले नाडा अटो शोमा प्रदशनीको लागि मात्र ल्याएको अग्निले जनाएको छ। यो डेमो कार २०१८ को दिल्ली अटो शो मा पनि निकै चर्चित भएको थियो।
यो डेमो कारमा इन्जिन राखिएको छैन र महिन्द्राले हाल यसको उत्पादन पनि सुरु गरेको छैन। अघिल्लो वर्षको अटो शोमा अग्निले प्रदर्शन गरेको ‘थार’ गाडीले पनि राम्रो चर्चा बटुलेको थियो।