रेनोको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दसैँ तिहारलक्षित चाडपर्व अफर ल्याएको छ।
कम्पनीले ‘रेनो शुभलाभ’ नामक स्किम संचालनमा ल्याएको हो। यस यस योजनामा रेनोका ग्राहकले गाडी किन्दा नगद छुट, निशुल्क इन्स्योरेन्स, १ वर्षको निशुल्क रोड ट्याक्स, स्पट फाइनान्स सुविधा, तत्काल पुराना गाडीको भ्यालुएसन तथा एक्स्चेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागू हुने छ ।