टिभिएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुरुवाती मूल्य रु २,२४,९०० रहेको छ ।
टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै रिजनल बिजेनेश हेड एसियाका एस अरुणकुमारले टिभिएसले आफ्ना उत्पादनहरु अत्यन्तै महत्वका साथ उत्पादन गर्ने गरेको बताए।
'हामीले टिभिएस एनर्टक निकै आर्कषक तथा फिचरको धनि स्कुटरको रुपमा नेपाली युवामाझ ल्याएका छौ । यसले नेपाली उपभोक्तको मन जित्ने छ । यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर हो , 'उनले भने ।
टिभिएस एनर्टक १२५ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ । बिगत ४ बर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ । टिभिएस एनर्टक १२५ मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ ।
यसले ७५०० आरपीएममा ९.४ पिएस र ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनमा प्रयोग भएको अतिरित्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ ।
यस स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर नर्मल मोडमा पाइन्छ ।
यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर नि निस्कने संभावना अत्यन्त न्युन रहन्छ ।
त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी, ट्राफिकको टाइम, र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।
यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ ।
१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन् । यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पुर्याउने छ ।
न
याँ एनटर्क १२५ को आगमन पछि नेपाली बजारमा टिभिएसको उपस्थिति निकै बलियो भएको छ ।