भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न कम्पनीका सवारी साधन, त्यसलाई चाहिने विभिन्न एसेसोरिज प्रदर्शन गरिएका छन्। निशान र डाट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले विभिन्न छुट र स्किम सहित अटो शोमा आफ्नो सहभागिता जनाएको छ। नाडा शोकै सन्दर्भमा पायोनियर मोटो कर्पका असिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दसँग हामीले कुराकानी गरेका छौँ।
नाडा अटो शोमा डाट्सन र निशानको अकर्षण कत्तिको छ ?
नाडा शो राम्रै भइरहेको छ। हामीले अपेक्षा गरे अनुरूप नै ग्राहकको आकर्षण पाएका छौँ।
ग्राहकले कस्ता गाडी रूचाइरहेका छन्?
धेरै नेपाली मध्यम वर्गीय भएका कारण सस्तो गाडीमा राम्रो आकर्षण छ। प्रिमियम गाडीको पनि ‘इन्क्वायरी’ नभएको भने होइन। हाम्रो डाट्सन र निसान दुवैमा अवलोकन कर्ताको उल्लेख्य उपस्थिति छ।
यो नाडा शोमा तपाईहरु कुन गाडीमा बढी केन्द्रित हुनुहुन्छ ?
हामी डाट्सनमा रेडी गो, गो र गो प्लस तीन वटामा फोकस छौँ। त्यस्तै निशानमा माइक्रा, टेरानो, नभारा, एक्स–ट्रेल मा फोकस्ड छौँ। हामीले अहिले सनी डिजेल पनि लन्च गरेका छौँ।
तपाईहरुका कुन गाडीमा ग्राहकको धेरै रूची पाउनु भयो ?
हाम्रो रेडी–गो ८ सय र १ हजार सिसी त्यस्तै १२ सय सिसीको ‘गो’ मा ग्राहकको धेरै रुची भएको पायौँ। डाट्सनको रेडी गो र गोको बुकिङ पनि धेरै राम्रो छ। निशानमा माइक्रा र टेरानो एएमटीको बुकिङ निकै राम्रो छ।
नाडा शोमा गाडी बुकिङ गर्दा ग्राहकलाई के फाइदा छ ?
यो नाडा अटो शोमा डाट्सनको गाडी बुकिङ गर्नेले २७ हजार बराबरको स्मार्ट फोन प्राप्त गर्न सक्ने छन्। त्यस्तै पायोनियर मोटो कर्पले डाट्सनको लागि चाडपर्वको अवसरमा ‘फेस्टिव हट डिल’ स्किम ल्याएको छ।
यस योजना अन्तरर्गत ग्राहकले १ लाख ६ हजारसम्मको निःशुल्क एसेसोरिज र २ लाखसम्मको नगद छुट समेत गरी कुल ३ लाख ६६ हजार ८ सय सम्मकोे लाभ उठाउन सक्नेछन्।
साथै १ वर्षको निःशुल्क बीमा, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सभिर्सिङ र एक वर्षको लागि सडक करको सुबिधा समेत दिइएको छ।
अटो शो भरी निशान गाडीको बुकिङ गरेबापत २७ हजार रुपैयाँ बराबरको मोबाइल ग्राहकले पाउने छन्।
निसान गाडीका लागि चार्डपर्वको उपलक्ष्यमा ‘फेस्टिभ ड्राइभ’ योजना ल्याएका छौँ। यो योजना अन्तर्गत ग्राहकलाई ४९ हजार रुपैयाँ सम्मको एसेसोरिज, १ वर्षको निःशुल्क बीमा, १ वर्षसम्म सडक कर निःशुल्क, ३ वर्षको वारेन्टी र सभिर्सिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा, ६ लाखसम्मको नगद छुट समेत दिइएको छ।
अटो शोमा धेरै कम्पनीहरुले विद्युतीय गाडी लन्च गरे, तपाईहरु ल्याउनु हुन्न?
हामी चाँडै नै निसानको इलेक्ट्रिक गाडी नेपालमा लन्च गर्छौँ। हामीले १ वर्ष भित्र निशानको वर्ल्ड क्लास गाडी ‘लि’ लन्च गर्ने तयारी गरेका छौँ।
अटो शोमा कति गाडी बुकिङ होला भन्ने आशा छ ?
अहिलेको अवस्था हेर्दा नाडा अटो शो भरी ३ सय ५० भन्दा धेरै बुकिङ हुन्छ भन्ने आशा छ।
अन्त्यमा गाडी किन्न सोच बनाएकालाई केही भन्नु हुन्छ ?
नाडा अटो शोमा उत्कृष्ट जापनीज गाडी सही मूल्यमा हामीले दिइरहेका छौँ। यसको फाइदा उठाउन ग्राहकलाई अनुरोध गर्न चाहान्छु।