नाडा अटो शोको १३ औं संस्करण राजधानीमा चलिरहेको छ। सवारी साधनको कुम्भ मेला मानिने अटो शोमा विभिन्न कम्पनीका सवारी साधन, सवारी सुरक्षा प्रविधि, टायर, लुब्रिकेन्ट्स्, स्पेयर पार्टस्, नयाँ प्रविधि, ब्याट्री, ग्यारेज उपकरण तथा अन्य एसोसेरिजहरू राखिएको छ।
यो अटो शोमा विगतका वर्षमा झैं यामाहाले पनि आफ्नो उपस्थिति जनाएको छ।
नेपाली अटोमोबाइल क्षेत्रमा लामो अनुभव बटुलेको एमएडब्लु इन्टरप्राइजेजले विभिन्न छुट तथा अफरहरू ल्याएको छ। यसै सन्दर्भमा एमएडब्लु इन्टरप्राइजेजमा मार्केटिङ म्यानेजर शंकर श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं ।
नाडा अटो शोमा यामाहाको स्टलको चहलपहल कस्तो छ ?
यामाहाको स्टिलमा निकै भिडभाड छ। हामीले ३ वटा प्रोडक्ट लन्च गरेका छौं। १सय २५ सिसिको एक्ससिजेड, १ सय ५० सिसिको आर १५ भि३ र रे जेड स्ट्रिट र्याली यो नाडा शोको लागि हामीले सार्वजनिक गरेका छौं।
अवलोकनकर्ताको कस्तो मोटरसाइकलमा धेरै रुचि पाउनुभयो ?
१ सय ५० देखि २ सय ५० सिसि सम्मका मोटरसाइकलमा धेरैको रुचि छ। यामाहाकै कुरा गर्नुपर्दा आर १५ भि ३ र एपफ जेड सिरिजमा धेरैले रुचि देखाउनु भएको छ।
यामाहाको दसैँ तिहार छुट चाहिँ के छ ?
दसैँ तिहारमा यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याच कुपनमार्फत् न्यूनतम ७ हजार देखि १ लाखसम्म जित्न सक्नुहुनेछ। त्यस्तै प्रत्येक हप्ता लक्की ड्रमार्फत् आर ३ जित्न सक्नु हुनेछ। यो अफर छठ पर्वसम्मको लागि हो।
तपाईंहरूले यो अटो शोमा लन्च गर्नुभएको २ वटा बाइक र एउटा स्कुटरमध्ये कुनमा धेरै ग्राहकको आकर्षण पाउनु भयो?
सबैको आ–आफ्नै टेस्ट हुन्छ। धेरै महिलाहरूले रे जेड स्ट्रिट र्याली मन पराउनु भएको छ। आर १५ भि३ धेरै युवाहरूको आकर्षण बनेको छ। त्यस्तै, एक्ससिजेड डट बाइक भएकोले यसलाई मन पराउने समूह पनि राम्रै छ।
धेरै कम्पनीका बाइकहरू बजारमा छन्, यामाहानै किन रोज्ने ?
यामाहाको मोटरसाइकल तथा स्कुटरको इन्जिन बलियो छ। पिक अप र माइलेज पनि उत्कृष्ट छ। त्यसैगरी यामाहाको रि सेल भ्यालु पनि निकै राम्रो छ। यामाहाको मोटरसाइकल मन नपराउने कारणै छैन।
अटो शोभरि यामाहाको कति मोटरसाइकल र स्कुटर बुकिङ हुने आशा छ ?
एक्ससिजेड र आर १५ भि३ समेत गरेर ३ दिनमा एक सय भन्दा धेरै बुकिङ भैसकेको छ। अटो शोभरि २ सय भन्दा धेरै बुकिङ होला।
यामाहाको स्टल अवलोकन चाहिँ कस्तो छ ?
हाम्रो स्टलमा डोर इन्ट्रि गर्ने गरेका छौं। डोर इन्ट्रि गर्ने भाग्यशाली दर्शकलाई प्रत्येक दिन हेल्मेट उपहार दिने गर्छौं। त्यो इन्ट्रि हेर्दा दैनिक ५ सयभन्दा धेरैले अवलोकन गर्नुभएको छ। त्यस्तै, इन्ट्रि नगराई अवलोकन गर्नेको संख्या पनि उस्तै छ।
अन्त्यमा बाइक स्कुटर किन्न चाहनेलाई केही भन्न चाहनु हुन्छ ?
अहिले यामाहाको दसैँ तिहार स्किम छ। यामाहाको स्टलमा, शोरुममा आउनुहोस्। हाम्रो नयाँ-नयाँ बाइक, स्कुटर लन्च भएको छ। हेर्नुस्, चित्त बुझे किन्नुहोस् भन्न चाहन्छु।