ओभरड्राइभले भारतका २५ एसयुभीबीच गरेको टेस्टमा रेनोको डस्टर अल ह्वील ड्राइभको अल टेरेन पहिलो भएको छ।
टेस्टमा डिजाइन, क्याविन फिचर, वाइपरको इफिसियन्सी, प्यासेन्जरको वाहिरी भिजिविलिटी, टुरिङ्ग एबिलिटी, पर्फमेन्स, बुट एरिया तथा स्पेयर ह्वीलका लगायतको जाँच गरिएको थियो।
टेस्ट पिच बाटोमा नभई हिलो, उकालो ओरालो, कच्ची टफ ठाँउमा गरिएको थियो ।जसमा डस्टरको अल ह्वील ड्राइभले उत्कृष्ट पफर्मेन्स गरेको कम्पनीले जनाएको छ।
यसमा फोर ह्वील ड्राइभ मोड, टू ह्वील ड्राइभमोड तथा युनिक अटोमेटिक अलह्वीलड्राइभ मोड छ।
जसमा गाडीले नै बाटो अनुशार कुन मोडमा चलाउने निर्णय गर्ने भएकाले उत्कुष्ट अफरोड पफर्मेस दिइएको बताइएको छ। एसयुभी स्लग टेस्ट भारतको चिकमगलु कफि डे इन्डिया र्यालीको सिकाडा स्टेजमा भएको थियो। टेस्ट ड्राइभमा बिक्रम नरेन्द्र रहेका थिए।