दशैंका लागि राजधानीबाट जिल्ला बाहिर जानका लागि असोज ५ गतेबाट बुकिङ खुल्ला हुने भएको छ ।
यातायत व्यवस्था विभाग, ब्यवसायी, प्रहरी अधिकारीहरुबीच आज भएको बैठकले सर्वसाधारणलाई घर जान सहज गर्नका लागि असोज ५ गतेबाट बुकिङ खुल्ला गर्ने निर्णय गरेको यातायात विभागका प्रवक्ता गोकुलप्रसाद उपाध्यायले जानकारी दिए।
सरकारले सिण्डिकेटको नाममा यातायात क्षेत्र अस्तब्यस्त पारेपनि यात्रुहरुलाई दशैं मान्नका लागि र लैजान सहमति गरिएको राष्टिय यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले बताए। उनका अनुसार चाडपर्व मान्न काठमाडौंबाट २० लाखको हाराहारीमा मानिसहरु उपत्यका बाहिर जानेछन् ।
अग्रिम टिकट नयाँबसपार्क, कलंकी, कोटेश्वर, गौशाला र बालाजुलगायतका स्थानबाट खुला हुनेछ ।