टिभिएस मोटरसाइकल तथा स्टकुरको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ १० शोरुम संचालनमा ल्याएको छ।
सोमबारबाट संचालनमा आएका यी शोरुम राजधानीको कान्तिपथ, कुपन्डोल, टुसाल र राजधानी बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ्ग, गरुणा, कावासोती, र डडेलधारामा रहेका जनाइएको छ।
अवको दिनमा टिभिएसको मोटरसाइकल तथा स्कुटर अझ सुविधाजनक ढंगले स्थानीय शोरुममा पाउन सकिने जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले दावी गरे।
यी शोरुममा टिभिएसका सम्पूर्ण मोटरसाइकल, स्कुटर र भर्खरै बजारमा आएको टिभिएस अपाचे आरआर ३ सय १०, टिभिएस अपाचे आरटिआर १६० फोर फि र टिभिएस एनटोर्क १२५ स्कुटर पनि रहेका छन्।