लुम्बिनी मेट्रोसिटीले अशोक लेलेन्डका ५ नयाँ बस सञ्चालनमा ल्याएको छ।
बसमा एसी, सिसी टिभी, डिजिटल डिस्प्ले तथा चढ्न र ओर्लन सजिलो हुनेगरी दुई ढोका छन्।
नेपालमा सबैभन्दा बढी सिट क्षमता भएको सिटी बस संचालनमा ल्याएर सरकारको ‘मास ट्रान्सपोर्टेसन’ नीति अगाडि बढाएको कम्पनीका अध्यक्ष धनवहादुर अधिकारीको भनाइ छ।
बसमा विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट, तथा अपाङलाई निःशुल्क गरिएको सञ्चालक कर्ण वहादुर केसीले जानकारी दिए।
भाडाको हकमा नेपाल सरकारले तोकेको भाडा निर्धारण गरिने केसीले जानकारी दिए। एक करोड चुक्ता पुँजीबाट कम्पनी सुरु गरिएको केसीले बताए।
बसको साँचो हस्तान्तरण गर्दै आईएमई मोटर्सका प्रमुख अधिकृत सुरज भट्टराईले नेपालमा अशोक लेलैन्डको माग वढिरहेको बताए।
पहिलो चरणमा बुटवलबाट वेलहिया,लुम्विनी, बर्दघाट, तौलिहवा र कृष्णनगरका लागि बस संचालनमा आउनेछन्। असोजभित्र १० र मंसिरसम्म ३० बस पुर्याइने कम्पनीले जनाएको छ।
प्रदेश ५ का १२ जिल्ला तथा काठमाडौं, पोखरा, विराटनगर र काकडभित्तासम्म सेवा विस्तार गर्ने कम्पनीले लक्ष्य लिएको छ।